नेपाल सम्वत् ११४६, अनलागाः ४ औशी (२१ जेष्ठ, २०८३, ४ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्र्याटहरूलाई साथ दिएपछि प्रस्ताव २१५–२०८ मतले अनुमोदित भएको हो।
युद्धसम्बन्धी निर्णयमा कंग्रेसको भूमिका सुनिश्चित गर्नुपर्ने मागसहित ल्याइएको प्रस्तावले ट्रम्प प्रशासनको सैन्य नीतिमाथि प्रश्न उठाएको छ। प्रस्तावका समर्थकहरूले अमेरिकी संविधानअनुसार युद्ध घोषणा गर्ने अधिकार कंग्रेससँग मात्र रहेको बताएका छन्।
यद्यपि तल्लो सदनबाट पारित प्रस्तावले कानुनी मान्यता पाउन अझै अमेरिकी सिनेटको स्वीकृति आवश्यक छ। रिपब्लिकन बहुमत रहेको सिनेटबाट प्रस्ताव पारित हुने सम्भावना अनिश्चित रहेको विश्लेषण गरिएको छ। पारित भए पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले यसको कार्यान्वयन चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
मतदानका क्रममा चार जना रिपब्लिकन सांसदले पार्टी लाइनविपरीत प्रस्तावको पक्षमा मतदान गरेका थिए। उनीहरूले संवैधानिक अधिकारको रक्षा र युद्धसम्बन्धी निर्णयमा कंग्रेसको सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
यस घटनाले अमेरिका भित्र इरानसँगको युद्ध र सैन्य हस्तक्षेपबारे राजनीतिक मतभेद अझ स्पष्ट रूपमा सतहमा आएको संकेत गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij