Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद पुनर्गठन गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि मन्त्रिपरिषदको नयाँ कार्यविभाजन गरिएको हो।

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री समावेश भएका छन्। एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यसैगरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उक्त मन्त्रालयको नेतृत्व जसपाकै आदेशकुमार अग्रवालले गर्दै आएका थिए। मन्त्रिपरिषद पुनर्गठनसँगै अहिरले अग्रवालको स्थान लिएका हुन्।

प्रदेश सरकारलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले मन्त्रिपरिषद पुनर्गठन गरिएको बताइएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम जेठ २५ गते सोमबार आयोजना हुने तय गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार