Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लङ्का प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल छनोट

लङ्का प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल छनोट

नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । नेपालका क्रिकेटर सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले यस वर्षको लङ्का प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्। सोमबार राति सम्पन्न खेलाडी ड्राफ्टमा जाफ्ना किङ्ग्सले लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई एसोसिएट स्टार्स क्याटेगोरीबाट अनुबन्ध गरेको हो।

त्यसैगरी, ओपनर कुशल भुर्तेललाई कोलम्बो काप्सले टोलीमा समावेश गरेको छ। अनुबन्धअनुसार सन्दीपले २० हजार अमेरिकी डलर तथा दीपेन्द्र र कुशलले समान १५/१५ हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गर्नेछन्। नेपाली क्रिकेटका तीन प्रमुख खेलाडीको एलपीएलमा सहभागिताले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा नेपालको उपस्थितिलाई थप मजबुत बनाएको छ।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार