नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकामा जलवायु प्रकोप अनुकूलनमा हिमाली संस्कृतिका स्थानीय अभ्यासहरूको भूमिकाबारे कार्यपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि तथा सम्बन्धित कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा स्थानीय संस्कृति, परम्परागत ज्ञान तथा सामुदायिक अभ्यासलाई जलवायु परिवर्तन अनुकूलनका व्यवहारिक समाधानका रूपमा उपयोग गर्न सकिने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा डा. अनिता श्रेष्ठले जलवायु परिवर्तन अनुकूलनमा स्थानीय संस्कृतिको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसैगरी, विर्ख छेत्रीले भीमेश्वर नगरक्षेत्रमा सञ्चालन गरिने स्थानीय अनुकूलन अभ्यासहरूको पहिचान, अभिलेखीकरण, प्रवर्द्धन तथा योजना तर्जुमासम्बन्धी फिल्ड कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।
छलफलका क्रममा मुहान संरक्षण, कुलो सफाइ, रैथाने बीउ संरक्षण, सामुदायिक वन व्यवस्थापन, वृक्षारोपण, सामूहिक श्रम तथा सांस्कृतिक पर्वजस्ता स्थानीय अभ्यासलाई नगरपालिकाको स्थानीय अनुकूलन योजना र बजेटसँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
सहभागीहरूले भीमेश्वर नगरपालिकाको स्थानीय अनुकूलन कार्ययोजना (LAPA) मा जलवायु अनुकूलनसँग सम्बन्धित सांस्कृतिक पक्षलाई स्पष्ट रूपमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए। साथै, स्थानीय तथा आदिवासी ज्ञानलाई प्रमाणसहित अभिलेखीकरण गरी जलवायु उत्थानशील विकासमा उपयोग गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij