नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले आईपीएल २०२६ को उपाधि जिते पनि टोलीका ब्याट्सम्यान टिम डेभिडलाई आईपीएल २०२७ को पहिलो खेलबाट निलम्बन गरिएको छ।
अहमदाबादस्थित Narendra Modi Stadium मा भएको फाइनलका क्रममा गुजरातको इनिङ्सको १०औँ ओभरमा डेभिडले अम्पायर Nitin Menon तर्फ आइस ब्याग फ्याँकेको आरोप लागेको थियो। यस घटनालाई आईपीएल आचारसंहिताको लेभल–१ उल्लङ्घन मानिएको छ।
आईपीएल आचारसंहिताको धारा २.९ अनुसार खेलाडी, टोली अधिकारी, अम्पायर वा म्याच रेफ्रीतर्फ बल वा अन्य उपकरण आपत्तिजनक वा खतरनाक ढंगले फ्याँक्न पाइँदैन। सोही नियम उल्लङ्घन गरेको ठहर गर्दै डेभिडलाई म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको छ।
घटनापछि उनलाई दुई डिमेरिट अंक थपिएको छ। यससँगै उनको कुल डिमेरिट अंक पाँच पुगेकाले नियमअनुसार आगामी सिजनको पहिलो खेल गुमाउनुपर्ने भएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij