Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्‍यो

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गर्‍यो

नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी असार ७, ८ र ९ गते चितवन मा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार पार्टी सभापति रवि लामिछाने को अध्यक्षतामा गठित समितिले महाधिवेशनलाई व्यवस्थित, समावेशी र सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिएको छ।

मूल आयोजक समितिमा पार्टीका वरिष्ठ तथा केन्द्रीय नेतृत्वका प्रमुख सदस्यहरू समावेश छन्। समितिमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्यलिमा अधिकारी रहेका छन्।

त्यसैगरी बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवालीसागर ढकाल सदस्य रहेको तयारी समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार