नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । जनस्वास्थ्य कार्यालय, दोलखाको आयोजनामा आज दोलखा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशका १३ जिल्लामध्ये पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बन्ने गौरव दोलखाले हासिल गरेको हो।
जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष बर्जुराम घतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेल, शैलुङ गाउँपालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठ तथा हिरा बहादुर थोकर, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, विगु र बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष देवकी थामी र कल्पना उप्रेती, जिल्ला समन्वय अधिकारी राम प्रसाद पोख्रेल, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, पशुपति चौलागाईं स्मृति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका निमित्त कार्यालय प्रमुख बिमल श्रेष्ठ तथा स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन उत्तमराज प्याकुरेल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खोप कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याएका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा, उत्कृष्ट स्वास्थ्यकर्मी तथा उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरिएको थियो।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा सफल बनाउन सहयोग पुर्याउने नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूप्रति जनस्वास्थ्य कार्यालय, दोलखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij