Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

काठमाडौं–सेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं–सेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । हिमालय एयरलाइन्स ले काठमाडौं र चीनको सेन्जेनबीच ऐतिहासिक सिधा उडान सुरु गर्ने भएको छ।

जेठ २१ गतेदेखि (जुन ४, २०२६) चीनको ‘सिलिकन भ्याली’ भनेर चिनिने सेन्जेन सम्म सिधा उडान सञ्चालन हुने कम्पनीले जनाएको छ। यो सेवा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालन हुनेछ।

कम्पनीका अनुसार हाल हप्तामा दुई वटा सिधा उडान सेवा सञ्चालन गरिनेछ। काठमाडौंबाट सेन्जेनका लागि उडान प्रत्येक मंगलबार र बिहीबार प्रस्थान गर्नेछ भने सेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार हुनेछ।

यो नयाँ रुटले नेपाल–चीन हवाई सम्पर्क विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। माग अनुसार भविष्यमा उडान संख्या थप गर्ने योजना पनि रहेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार