Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

टी–२० विश्वकपका लागि आईसीसीको नयाँ ‘ग्लोबल क्वालिफायर’ संरचना

टी–२० विश्वकपका लागि आईसीसीको नयाँ ‘ग्लोबल क्वालिफायर’ संरचना

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC)) ले पुरुष टी–२० विश्वकपका लागि १६ टोली सहभागी हुने गरी ‘ग्लोबल क्वालिफायर’ (विश्वव्यापी छनोट) को नयाँ संरचना बनाउने भएको छ।

भारतको अहमदाबादमा आइतबार सम्पन्न आईसीसी बोर्ड बैठकले विश्व छनोट प्रणाली पुनः लागू गर्ने तयारी सुरु गर्ने निर्णय गरेको हो।

यसअघि आईसीसीले महादेशीय छनोट प्रणालीमार्फत विभिन्न क्षेत्रबाट टोलीहरू विश्वकपमा छनोट गराउने अभ्यास गर्दै आएको थियो। नेपालले पनि सन् २०२४ र २०२६ को विश्वकपका लागि एसिया छनोटमार्फत स्थान बनाएको थियो।

तर नयाँ निर्णयअनुसार अब महादेशीय छनोट पार गरेका १६ टोलीबीच अन्तिम विश्व छनोट प्रतियोगिता हुनेछ। यसबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले विश्वकपमा स्थान पाउनेछन्।

नेपाल राष्ट्रिय क्रिकेट टोली ले सन् २०१४ को विश्वकपमा पनि विश्व छनोट पार गरेर स्थान बनाएको इतिहास छ।

आईसीसीले यो नयाँ संरचना सन् २०२८ को विश्वकपका लागि लागू हुने हो वा त्यसपछिका संस्करणका लागि भन्ने स्पष्ट गरेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार