Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेविसंघ अध्यक्षमा करूणा कटुवाल नियुक्त

नेविसंघ अध्यक्षमा करूणा कटुवाल नियुक्त

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन्।

गगन थापा ले आज धनकुटाकी कटुवाललाई नेविसंघ अध्यक्षमा नियुक्त गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णयअनुसार, पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको भ्रातृ संगठन नेविसंघको नेतृत्वमा उनलाई जिम्मेवारी दिइएको हो।

सभापति थापाले समयभित्र महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित ११ बुँदे कार्यादेश र कार्यविवरणसहित कटुवाललाई नेतृत्व दिएको कांग्रेसले जनाएको छ।

नेविसंघ लामो समयदेखि तदर्थ समितिको भरमा सञ्चालन हुँदै आएको थियो। यसअघि तत्कालीन सभापति शेरबहादुर देउवा ले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए।

तोकिएको समयमा महाधिवेशन गर्न नसकेको कारण देखाउँदै कांग्रेसले आफ्ना पाँच भ्रातृ संगठन स्वतः विघटन गरेको थियो, जसअन्तर्गत नेपाल महिला संघनेपाल तरुण दल जस्ता संगठनहरू पनि प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार