Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सिंहदरबार बाहिर प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

सिंहदरबार बाहिर प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । सिंहदरबार बाहिर प्रदर्शन गर्न पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का छ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।

आइतबार संसदमा प्रधानमन्त्री वालेन्द्र शाह ले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा नेविसंघले सोमबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो।

प्रदर्शनका क्रममा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकीगौरव पाण्डे लाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली कांग्रेस का कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले पक्राउको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

विज्ञप्ति जारी गर्दै दुलालले पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन्। कांग्रेसले शान्तिपूर्ण प्रदर्शनमा सहभागी व्यक्तिहरूमाथि गरिएको कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार