नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई संसदमा गएर आफ्नो अभिव्यक्तिप्रति माफी माग्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको विरोध गर्दै थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।
रूपन्देहीमा नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीले संसदमा उभिएर आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी माग्नुपर्ने बताए। उनले प्रधानमन्त्री संख्या वा पदका आधारमा संविधान, कानुन र राष्ट्रभन्दा माथि हुन नसक्ने उल्लेख गरे।
थापाले सरकारका कमजोरी सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई घोर निन्दनीय र आपत्तिजनक बताए। उनका अनुसार सीमा विवादजस्ता संवेदनशील विषयमा नेपालको स्थापित अडानलाई उक्त अभिव्यक्तिले कमजोर बनाएको छ।
उनले नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विषय नबुझी बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए अझ खतरनाक हुने टिप्पणी गरे।
थापाले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबाट नेपाल–भारत सीमासम्बन्धी विषयमा आवश्यक सुझबुझको अभाव देखाएको आरोप समेत लगाए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij