Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

१० महिनामा सवारीसाधन आयात रु ३१ अर्ब नाघ्यो

१० महिनामा सवारीसाधन आयात रु ३१ अर्ब नाघ्यो

नेपाल सम्वत् ११४६, अनलाथ्वः १५ पूर्णीमा (१७ जेष्ठ, २०८३, ३१ मे, २०२६) आईतबार, बाँपिझ्याला ।  चालु आर्थिक वर्षको पहिलो १० महिनामा रु ३१ अर्ब ३१ करोड बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात रु ९ अर्ब ६५ करोडले बढेको छ।

आयात वृद्धिसँगै यस अवधिमा रु २० अर्ब ५२ करोड राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको सोही अवधिको रु १६ अर्ब ६४ करोडभन्दा बढी हो। सवारीसाधन तथा मोटरसाइकल आयातले राजस्व सङ्कलनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार