Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

चलचित्र ‘काजी’ : प्रेम, शंका र सामाजिक सोचको कथा

चलचित्र ‘काजी’ : प्रेम, शंका र सामाजिक सोचको कथा

नेपाल सम्वत् ११४६, अनलाथ्वः १२ द्वादसी (१४ जेष्ठ, २०८३, २८ मे, २०२६) बिहीबार, बाँपिझ्याला । काजी ले प्रेम, त्याग र सम्बन्धभित्र लुकेको सामाजिक सोचलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । निर्देशक लक्ष्मण रिजाल ले साधारण र निस्वार्थ प्रेमीको कथा देखाउन खोजेका छन्, जहाँ केही पक्ष प्रभावशाली देखिए पनि कतिपय दृश्य र विचार अस्वाभाविक महसुस हुन्छन् ।

चलचित्रमा काजीसाबको भूमिकामा विपीन कार्की देखिएका छन् भने कजिनीको भूमिकामा केकी अधिकारी ले अभिनय गरेकी छन् । कजिनीको आफ्ना श्रीमान् र कान्छी बहिनीप्रतिको शंकाले कथामा अनेक मोड ल्याउँछ । गर्भवती भएको नाटकमार्फत चलचित्रले झूट र अविश्वासले सम्बन्धमा कस्तो असर पार्छ भन्ने देखाउन खोजेको छ ।

चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको १९९० दशकको परिवेशलाई पुनर्जीवित गर्नु हो । रेडियो, लालटिन र मधुरो प्रकाशयुक्त दृश्यहरूले पुरानो समयको अनुभूति गराउँछन् । पृष्ठभूमि संगीतले भावनात्मक दृश्यलाई अझ प्रभावकारी बनाएको छ । विपीन कार्कीको अभिनय प्रशंसनीय देखिन्छ भने केकी अधिकारीले भावनात्मक द्वन्द्वमा रहेकी पत्नीको चरित्र प्रभावकारी रूपमा निर्वाह गरेकी छन् ।

यद्यपि, चलचित्रको कमजोर पक्ष यसको सुस्त पटकथा र वैचारिक प्रस्तुति हो । महिलाको खुशी केवल पति र मातृत्वमा सीमित हुने सोच तथा अन्धविश्वासमार्फत समाधान खोज्ने शैली आजको समाजसँग मेल नखाने देखिन्छ । चलचित्रले प्रेम र त्यागको कथा भन्न खोजे पनि झूट र शंकालाई सामान्यीकरण गरेको विषयले दर्शकलाई प्रश्न उठाउन बाध्य बनाउँछ ।

समग्रमा, ‘काजी’ प्राविधिक प्रस्तुति र अभिनयका कारण हेर्नलायक चलचित्र बने पनि कमजोर कथा र विवादास्पद सामाजिक दृष्टिकोणले यसको प्रभावलाई सीमित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार