नेपाल सम्वत् ११४६, अनलाथ्वः ७ सप्तमी, (९ जेष्ठ, २०८३, २३ मे, २०२६) शनिवार, बाँपिझ्याला । नेपाल पत्रकार महासंघ दोलखा शाखाको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा अग्रज पत्रकार राजेन्द्र श्रेष्ठलाई “जेष्ठ नागरिक पत्रकार सम्मान” प्रदान गरिएको छ ।
सैगरी हेमकुमारी प्रधान स्मुति राष्ट्रिय महिला पुरस्कारबाट पत्रकार सिर्जना खड्का, इन्द्रमणि राजभण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार दीपशंकर चौलागाईं, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार कालिका खड्का र पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा बस्नेत सम्मानित भएका छन् ।
अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभाका सदस्य घनश्याम रिजाल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा. मुक्ति प्रधान, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव श्याम खतिवडा, पूर्व अध्यक्ष दीपशंकर चौलागाईं तथा प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष श्रृजन घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी हेमकुमारी प्रधान स्मुति राष्ट्रिय महिला पुरस्कारबाट पत्रकार सिर्जना खड्का, इन्द्रमणि राजभण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार दीपशंकर चौलागाईं, विकास पत्रकारिता पुरस्कारबाट पत्रकार कालिका खड्का र पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा बस्नेत सम्मानित भएका छन् ।
कार्यक्रममा शाखा सचिव सुजन काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सिर्जना गोलेले १८ लाख ६९ हजार नौ सय ९६ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij