नेपाल सम्वत् ११४६, अनलाथ्वः ६ षष्ठी (८ जेष्ठ, २०८३, २२ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना स्वदेशी तथा विदेशी आरोही सगरमाथा को चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार यो नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको हालसम्मकै सबैभन्दा ठूलो सफल आरोहण हो ।
सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार पछिल्लो एक सातामा १४० जना आरोही सफलतापूर्वक आधार शिविर फर्किसकेका छन् भने मौसम अनुकूल भए आगामी दिनमा अझ धेरै आरोही शिखरमा पुग्ने अपेक्षा गरिएको छ ।
यस वर्ष सगरमाथा आरोहणका लागि ४९४ जनाले अनुमति लिएका छन् । आरोहीसँगै सहयोगी शेर्पा पनि रहने भएकाले करिब एक हजार जनासम्म शिखरमा पुग्ने अनुमान गरिएको छ ।
पर्यटन विभागका अनुसार यस पटकको अनुमति सङ्ख्या हालसम्मकै सर्वाधिक हो । चीन, अमेरिका, भारत, बेलायत, रसिया र जापानसहित ५५ देशका आरोहीले अनुमति लिएका छन् । साथै ल्होत्से र नुप्से मा पनि उल्लेख्य सङ्ख्यामा आरोहण सम्पन्न भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij