Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पशुपतिनाथलाई भारतीय गृहमन्त्री अमित शाहद्वारा ४० किलो चन्दन अर्पण

पशुपतिनाथलाई भारतीय गृहमन्त्री अमित शाहद्वारा ४० किलो चन्दन अर्पण

नेपाल सम्वत् ११४६, अनलाथ्वः ५ पञ्चमी (७ जेष्ठ, २०८३, २१ मे, २०२६) बिहीबार, बाँपिझ्याला । भारतीय गृहमन्त्री अमित शाहले पशुपतीनाथ मन्दिरमा श्रीयन्त्र पूजा आराधनाका लागि ४० किलो विशेष चन्दन अर्पण गर्नुभएको छ।

उक्त चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो। पछि चन्दन भण्डारणका लागि गुठी संस्थान पशुपति गोश्वारा कार्यालयलाई जिम्मा लगाइएको छ।

भारतबाट प्रत्येक वर्ष पशुपतिनाथमा विशेष प्रकारको चन्दन अर्पण गर्ने परम्परा रहेको छ। गत वर्ष पनि भारतको गोआ राज्यका एक मन्त्रीले ३५ किलो चन्दन अर्पण गरेका थिए।

नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धका कारण यस्तो विशेष पूजा सामग्री प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार