Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सरकार जनताको प्रश्नबाट भागेको आरोप

सरकार जनताको प्रश्नबाट भागेको आरोप

नेपाल सम्वत् ११४६, अनलाथ्वः ४ चौथी (६ जेष्ठ, २०८३, २० मे, २०२६) बुधबार, बाँपिझ्याला । हर्कराज राई साम्पाङले सरकार सदन र जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सम्बन्धित मन्त्रीहरू सदनमा अनुपस्थित हुने गरेको भन्दै आपत्ति जनाए ।

उनले सांसदहरूले व्यक्तिगत नभई जनतासँग सम्बन्धित प्रश्न उठाउन खोज्दा पनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरू उपस्थित नभएको बताए । सीमा समस्या, महँगी नियन्त्रण तथा सहकारी पीडितलाई फिर्ता गरिने रकमको स्रोतबारे आफूहरूले प्रश्न उठाउन खोजेको उनको भनाइ थियो ।

साम्पाङले नीति तथा कार्यक्रममाथिको छलफलमा समेत मन्त्रीहरूको उपस्थिति कमजोर रहेको टिप्पणी गरे । उनले सरकारका प्रतिनिधि सदनमा नआउनुले जनताका प्रश्नप्रति सरकार गम्भीर नभएको संकेत गरेको बताए ।

उनले सरकारको कर्तव्य नै जनताका प्रश्नको उत्तर दिनु भएको उल्लेख गर्दै संसद् र जनताप्रति सरकार पूर्ण रूपमा जवाफदेही हुनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार