नेपाल सम्वत् ११४६, अनलाथ्वः ३ तृर्तिया ९५ जेष्ठ, २०८३, १९ मे, २०२६० मंगलबार, बाँपिझ्याला । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्य ले शर्माको योग्यता र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतको न्यायाधीश बन्न नै अयोग्य रहेको दाबी गरेका हुन् ।
उनले सर्वोच्च अदालतको न्यायाधीश हुन आवश्यक संवैधानिक योग्यता शर्मासँग नपुगेको आरोप लगाएका छन् । शर्माले करिब १०–११ वर्ष मात्रै वकालत गरेको तथा अस्थायी न्यायाधीशका रूपमा छोटो समय काम गरेको उल्लेख गर्दै उनको नियुक्तिमा शक्तिको दुरुपयोग भएको दाबी गरिएको छ ।
उजुरीमा २०७६ सालमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ले शर्मालाई सिधै सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको आरोपसमेत लगाइएको छ । त्यसबेला पनि संसदीय सुनुवाइ समितिमा उजुरी परेको भएपनि सुनुवाइ नभएको दाबी गरिएको छ ।
उजुरीकर्ताले शर्माले न्यायाधीश हुँदा गरेका केही फैसला पनि विवादित रहेको बताएका छन् । विशेषगरी एनसेल लाई कर छुट दिएको विषयमा अदालतले गरेको निर्णयले राज्यलाई ठूलो आर्थिक घाटा पुगेको उनको आरोप छ ।
संसदीय समितिले संविधान र न्यायिक मर्यादाअनुसार निर्णय गर्दै शर्माको नाम अस्वीकृत गर्नुपर्ने माग उजुरीकर्ताले गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij