नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया (४ जेष्ठ, २०८३, १८ मे, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल तामाङ घेदुङ को संघीय अध्यक्षमा रामकृष्ण ब्लोन भारी मतका साथ निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १०औँ महाधिवेशनको बन्दसत्रमा ब्लोनले ३०६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी कुमार घिसिङ ले ९८ मत प्राप्त गरेका थिए ।
महाधिवेशनबाट सहअध्यक्षमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन ३६० मतसहित विजयी भएकी छन् ।
त्यसैगरी उपाध्यक्षहरूमा काजिमान थिङ, रुपबहादुर योन्जन, दिनेश कुमार लो, पासाङ दोर्जे लामा र प्रेम लो तामाङ निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा दीना लामा र बिना मम्बा तामाङ चयन भएका छन् । महासचिवमा लिलाकुमार ग्लान निर्वाचित हुँदा उपमहासचिव खुल्लातर्फ निर्मल बहादुर तामाङ, बिलाम मोक्तान तथा महिलातर्फ श्रमिक लामा निर्वाचित भएका छन् ।
सचिवमा सुनिल मोक्तान, सुन्दर थोक तामाङ, हिरालाल तामाङ, उषा वाइबा र सङ्गीता तामाङ पाख्रीन चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा तीर्थमान बल तथा सह–कोषाध्यक्षमा सिता चोदेन तामाङ निर्विरोध चयन भएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij