Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सांसद जगदिश खरेलले सार्वजनिक गरे तीन महिनाका गतिविधि

सांसद जगदिश खरेलले सार्वजनिक गरे तीन महिनाका गतिविधि

नेपाल सम्वत् ११४६, अनलाथ्वः ३ तृर्तिया (५ जेष्ठ, २०८३, १९ मे, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाबाट प्रत्यक्ष निर्वाचित जगदिस खरेलले प्रतिनिधिसभा सदस्य बनेपछि तीन महिनाको अवधिमा गरेका काम, भेटघाट र गतिविधिहरु सार्वजनिक गरेका छन्। सांसद खरेलको सचिवालयले ३२ बुँदे विवरण सार्वजनिक गर्दै उनले गरेका पहल, छलफल, सहयोग र सहभागिताबारे जानकारी दिएको हो।

सार्वजनिक विवरणमा सांसद खरेलले जिल्लामा भएका विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागिता जनाएको उल्लेख गरिएको छ। 

सांसद खरेलको निजी सचिवालयमा १३ जना रास्वपा नेता तथा कार्यकर्ता राखिएको बताइएको छ। नागरिकका गुनासा सुन्न र सम्बोधन गर्न भन्दै भक्तपुरको कौशलटारमा सचिवालय कार्यालय सञ्चालन गरिएको उल्लेख गरिएको छ। सार्वजनिक विवरणपत्रमा सचिवालयका १० जनाले सामूहिक हस्ताक्षर गरेका छन्।

विवरणअनुसार सांसद खरेलले माथिल्लो तामाकोशी जलविद्युत आयोजनासँग सम्बन्धित अनियमितता छानबिन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। साथै सानिमा हाइड्रोले सडक निर्माणका क्रममा फालेको ढुंगा–माटोका कारण ड्याम साइट प्रभावित भएको भन्दै सफाइ गर्न कम्पनीलाई आग्रह गरेको उल्लेख छ।

विकास निर्माणतर्फ उनले लामाबगर–लप्ची सडकका लागि आफ्नो पहलमा ८६ करोड बजेट सुनिश्चित गरिएको दाबी गरेका छन्। जिल्लामा आयोजित चेस प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत २ लाख रुपैयाँ सहयोग जुटाइएको पनि विवरणमा उल्लेख गरिएको छ। कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका आगलागी पीडित चार परिवारलाई सांसद र सचिवालयको तर्फबाट एक लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिइएको छ।

त्यस्तै, रुग्ण ओरियन्ट म्याग्नेसाइट उद्योग सञ्चालन, मुडे–चरिकोट सडक स्तरोन्नति, लापिलाङ पहिरो नियन्त्रण तथा तामाकोशीमा सडक पुल निर्माणमा भएको ढिलासुस्तीबारे सम्बन्धित निकाय र संसदको ध्यानाकर्षण गराइएको पनि सार्वजनिक विवरणमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार