नेपाल सम्वत् ११४६, अनलाथ्वः ३ तृर्तिया (५ जेष्ठ, २०८३, १९ मे, २०२६) मंगलबार, बाँपिझ्याला । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि सुरु हुने तय भएको छ।
आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल हुने कार्यसूची रहेको छ। सरकारले आगामी बजेटको तयारी अघि बढाइरहेका बेला संसदमा बजेटका आधारभूत नीति तथा प्राथमिकतामाथि सांसदहरूले धारणा राख्नेछन्।
त्यस्तै, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ Swarnim Wagle अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट पूर्व तयारीका रूपमा हेरिएको यस छलफललाई महत्वपूर्ण मानिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij