Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अमृत झा रिहा भएको गलत सूचना दिएपछि परराष्ट्र मन्त्रालयद्वारा माफी

अमृत झा रिहा भएको गलत सूचना दिएपछि परराष्ट्र मन्त्रालयद्वारा माफी

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झाविरुद्धको मुद्दा अझै इरानको अदालतमा विचाराधीन रहेको स्पष्ट पारेको हो।

मन्त्रालयका अनुसार १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सलमार्फत झा रिहा भएको अनौपचारिक जानकारी प्राप्त भएपछि उक्त सूचना परराष्ट्रमन्त्री शिशिर खनाल र मन्त्रालयका उच्च अधिकारीलाई जानकारी गराइएको थियो। त्यसपछि मन्त्रालय र मन्त्री खनालले सामाजिक सञ्जालमार्फत झा रिहा भएको सार्वजनिक गरेका थिए।

तर पछि झा रिहा नभएको पुष्टि भएपछि मन्त्रालयले आफ्नो पूर्व सूचना त्रुटिपूर्ण रहेको स्वीकार गरेको हो। हाल अमृत झा इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका छन्। उनीमाथि अवैध सामान तस्करी तथा ओसारपसारको आरोप लागेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले झाको मुद्दामा निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार