नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया ९४ जेष्ठ, २०८३, १८ मे, २०२६० सोमबार, बाँपिझ्याला । सांसदहरूले जनताका जल्दाबल्दा समस्याहरू तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद अच्युतम लामिछाने, इन्दिरा राना मगर र अनुष्का श्रेष्ठलगायतले किसानका लागि समयमै मल र बिउबिजनको व्यवस्था गर्नुपर्ने लगायत जनसरोकारका विषयमा सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो।
सांसद लामिछानेले किसानलाई खेतीपातीका लागि आवश्यक सामग्रीको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। उहाँले किसानहरू खेती गर्ने मुख्य समयमा मल, बिउबिजन र कृषि औजारको अभावमा रहेको उल्लेख गर्दै समयमै मल उपलब्ध नहुँदा उत्पादन घट्ने र कृषि क्षेत्रमा सङ्कट आउन सक्ने चेतावनी दिनुभयो। उहाँले सरकारले खेतीको समयमा आवश्यक मल, बिउबिजन र कृषि औजार सहज, सुलभ र समयमै उपलब्ध गराउने सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो।
सांसद इन्दिरा राना मगरले झापामा एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा अलकत्रा उत्पादन गरिँदा वायु प्रदूषण बढेको भन्दै त्यसलाई तत्काल हटाउन सरकारसँग माग गर्नुभयो। उहाँले पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो।
उहाँले झापा क्षेत्र नम्बर २ मा वायु प्रदूषणका कारण धेरै क्यान्सर पीडित रहेको उल्लेख गर्दै बस्ती क्षेत्रमा सञ्चालन गरिएको अलकत्रा उद्योग पटक–पटक हटाउन माग गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो। साथै, पाटन औद्योगिक क्षेत्रमा साना उद्योगका लागि छुट्याइएको भए पनि अहिले ठूला उद्योग सञ्चालन हुँदा नागरिकको स्वास्थ्यमा असर परेको र केहीको मृत्यु समेत भएको जानकारी आएको उहाँले बताउनुभयो।
सांसदहरूले पर्यटन प्रवर्द्धनका लागि सक्षम संरचना निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, सक्षम पदाधिकारी नियुक्तिमा ढिलाइ नगर्न पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद श्रेष्ठले सक्षम पदाधिकारी नियुक्त गर्ने कार्यमा ढिलाइ नगर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले प्रभावकारी पर्यटन प्रवर्द्धनका लागि सक्षम र सिर्जनात्मक नेतृत्व तथा संरचना आवश्यक रहेको बताउँदै तत्काल कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले सरकारलाई नागरिक सेवासम्बन्धी कार्यलाई पनि तीव्र गतिमा अघि बढाउन आग्रह गर्नुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij