नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया (४ जेष्ठ, २०८३, १८ मे, २०२६) सोमबार, बाँपिझ्याला । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत रियल बेटिसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३(१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने जोआओ कान्सेलोले एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एक गोल इस्कोले गरेका थिए ।
ला लिगा जितिसकेको बार्सिलोनाको यो जितपछि ३७ खेलमा ९४ अंक भएको छ । अब बार्सिलोनाले यस सिजनको अन्तिम खेल भलेन्सियासँग मे २४ मा खेल्ने तालिका रहेको छ । त्यस्तै रियल बेटिसको ३७ खेलमा ५७ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । रियल बेटिस यो हारपछि पनि च्याम्पियन्स लिगमा छनौट भएको छ ।
त्यस्तै बार्सिलोनाका फरवार्ड रोबेर्ट लेवानडोस्कीले बार्सिलोनाको घरेलु मैदान क्याम्पनेउमा आफ्नो अन्तिम खेल खेलेका छन् । यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका लेवानडोस्कीलाई खेलाडी र दर्शकले भावुक विदाइ गरेका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij