Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रञ्जना लिपि संरक्षणमा विशेष अनलाइन सत्र, बौद्ध विद्वानहरूको सहभागिता

रञ्जना लिपि संरक्षणमा विशेष अनलाइन सत्र, बौद्ध विद्वानहरूको सहभागिता

नेपाल सम्वत् ११४६, बछलागाः १३ त्रयोदशी (१ जेष्ठ, २०८३, १५ मे, २०२६) शुक्रबार, बाँपिझ्याला ।

नेपालको मौलिक लिपि र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यसहित क्यालिजात्रा फाउन्डेसनकी उपाध्यक्ष ललिमा श्रेष्ठले लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक तथा विद्वानहरूका लागि विशेष अनलाइन सत्र सञ्चालन गर्नुभएको छ।

“बौद्ध परम्परामा रञ्जना लिपि: पाण्डुलिपि वाचन र कुटाक्षरको बुझाइ” शीर्षकमा भएको उक्त सत्रमा रञ्जना लिपिको ऐतिहासिक विकास, बौद्ध धर्मसँग यसको सम्बन्ध र प्राचीन पाण्डुलिपिहरूमा यसको प्रयोगबारे विस्तृत छलफल गरिएको थियो।

सत्रमा लिपिको आधारभूत संरचना, संयुक्त अक्षर निर्माण प्रक्रिया तथा ‘कुटाक्षर’ को परिचयसँगै डिजिटल युगमा यसको संरक्षणका लागि विकसित भइरहेका फन्ट र मोबाइल एप्लिकेसनबारे पनि जानकारी दिइएको थियो।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका विभिन्न संकायका प्राज्ञिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले प्राचीन लिपिहरूको संरक्षणले मात्र नेपालको वास्तविक पहिचान र इतिहास जोगिने भन्दै यसको प्रवर्द्धनमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार