Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध दायर ‘युद्ध अपराध’ रिटको फैसला आज

सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध दायर ‘युद्ध अपराध’ रिटको फैसला आज

नेपाल सम्वत् ११४६, बछलागाः १२ द्वादसी (३१ बैशाख, २०८३, १४ मे, २०२६) बिहीबार, बाँपिझ्याला । पूर्व प्रधानमन्त्री तत्कालिन नेकपा (माओवादी) का नेता पूर्व प्रधानमन्त्री तत्कालिन नेकपा (माओवादी) का नेता पुष्प कमल दहाल (प्रचण्ड) तथा डा. बाबुराम भट्टराई विरुद्ध ‘युद्ध अपराध’को आरोप लगाउँदै दायर गरिएको रिटमाथि निर्णय सुनाउन बिहीबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीश सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो।

यसअघि गएको माघ २८ गते निर्णय सुनाउने मिति तोकिए पनि समयाभावका कारण फैसला स्थगित गरिएको थियो।

लेलिन विष्टले दायर गरेको रिटमा तत्कालीन माओवादी नेतृत्वमाथि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बालसेना प्रयोग गरेको, शान्ति सम्झौतापछि पनि पीडितलाई न्याय र क्षतिपूर्ति नदिएको तथा अयोग्य लडाकुको रूपमा चिनाएको आरोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार