Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

बेइजिङमा ट्रम्प–सी शिखर वार्ता आज : व्यापार, एआई र इरान युद्ध खर्च प्रमुख एजेन्डा

बेइजिङमा ट्रम्प–सी शिखर वार्ता आज : व्यापार, एआई र इरान युद्ध खर्च प्रमुख एजेन्डा

नेपाल सम्वत् ११४६, बछलागाः १२ द्वादसी (३१ बैशाख, २०८३, १४ मे, २०२६) बिहीबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा उच्चस्तरीय शिखर वार्ता हुँदै छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका नेताबीच हुन लागेको यो भेटलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ ।

तीनदिने राजकीय भ्रमणका लागि राष्ट्रपति ट्रम्प बुधबार साँझ बेइजिङ पुगेका हुन् । भ्रमणअघि ट्रम्पले चीनसँग व्यापार, प्रविधि र रणनीतिक सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने संकेत दिनुभएको छ । उहाँले अमेरिकी कम्पनी र प्रविधि क्षेत्रका लागि चीन अझ खुला हुनुपर्ने धारणा सार्वजनिक रूपमा राख्नुभएको छ ।

वासिङ्टनबाट प्रस्थानपछि सामाजिक सञ्जालमार्फत ट्रम्पले चिनियाँ बजारमा अमेरिकी व्यवसाय र प्रविधि कम्पनीको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले सी चिनफिङलाई “असाधारण दृष्टिका नेता” भन्दै चीनलाई अमेरिकी उद्यमका लागि थप खुला बनाउन आग्रह गर्नुभएको हो ।

शिखर वार्तामा दुर्लभ खनिज निर्यातमा चीनको नियन्त्रण, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा प्रतिस्पर्धा, व्यापार असन्तुलन तथा प्रविधि सुरक्षासम्बन्धी विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ । गत अक्टोबरमा दक्षिण कोरियामा भएको भेटपछि सुरु भएको व्यापार युद्धविरामलाई थप एक वर्ष लम्ब्याउने विषयमा पनि छलफल हुने तयारी छ ।

ट्रम्पको सम्मानमा ग्रेट हल अफ दी पिपुल्समा राजकीय भोज तथा उच्चस्तरीय समारोह आयोजना गरिने कार्यक्रम छ ।

उता, इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको सैन्य अभियानको खर्च तीव्र रूपमा बढिरहेको छ । पेन्टागनले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भएको जनाएको भए पनि विज्ञहरूले दीर्घकालीन रूपमा यो खर्च १० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

Harvard Kennedy School ले सार्वजनिक गरेको अध्ययनअनुसार सैनिक स्वास्थ्य सेवा, सैन्य संरचना पुनर्निर्माण तथा नयाँ हतियार उत्पादनजस्ता खर्च जोड्दा युद्धको आर्थिक भार अझ बढ्ने देखिएको छ । अध्ययनमा संलग्न विज्ञ Linda Bilmes ले हाल सार्वजनिक गरिएको खर्च वास्तविक लागतको सानो हिस्सा मात्र भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार