नेपाल सम्वत् ११४६, बछलागाः ११ एकादशी (३० बैशाख, २०८३, १३ मे, २०२६) बुधबार, बाँपिझ्याला । अभिनेत्री वर्षा राउत ले आफ्नो फिल्मलाई अपेक्षित साथ र समर्थन नपाएको भन्दै दुःख व्यक्त गरेकी छन्। उनले टिकटकमा छोटो भिडिओ पोस्ट गर्दै आफ्ना भावना सार्वजनिक गरेकी हुन्।
फिल्म मालती मंगले प्रदर्शन भइरहेका बेला पोस्ट गरिएको उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चामा छ। भिडिओमा वर्षाले आफूले अरू कलाकारका फिल्म आउँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने गरेको महसुस भए पनि आफ्नो पालामा भने त्यस्तो समर्थन नपाएको गुनासो गरेकी छन्।
उनले भिडिओमा भनेकी छन्, “हरेक फिल्म आउँदा मैले सबैलाई कस्तो सपोर्ट गरेको जस्तो लाग्थ्यो मलाई चाहिँ। डाइरेक्टली, इनडाइरेक्टली गरिरहेको हुन्थे जस्तो लाग्छ। तर मेरो पालामा कसैले नगरिदिँदो रहेछ। एनीवेज थ्यांक यु फर द लभ।”
यो भनिरहँदा उनका आँखा रसाएको देखिन्छ। वर्षाको अभिव्यक्तिलाई धेरै दर्शक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाली फिल्म क्षेत्रभित्र कलाकारबीचको आपसी सहयोग र समर्थन संस्कृतिसँग जोडेर चर्चा गरिरहेका छन्।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म मालती मंगले मा वर्षाको अभिनयलाई दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij