नेपाल सम्वत् ११४६, बछलागाः ९ नवमी (२८ बैशाख, २०८३, ११ मे, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल पुलिस क्लव ले शानदार प्रदर्शन गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार सिद्धेश्वर खेलमैदानमा भएको खेलमा पुलिसले सुरुवातदेखि नै दबाब बनाउँदै एकतर्फी जित निकालेको हो ।
पुलिसका लागि सम्झना लावती ले खेलको चौथो मिनेटमै पहिलो गोल गरेकी थिइन् । त्यसपछि निर्मला विके ले ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरिन् । उनले दोस्रो हाफको तेस्रो, २८औँ र ३२औँ मिनेटमा गोल गरिन् ।
यस्तै सहारा लिम्बु, निर्मला उपाध्याय, अनुष्का शेर्पा, निरु थापा र पुन्जली कुसवार ले समान एक–एक गोल गरे । उत्कृष्ट प्रदर्शनपछि निर्मला विके ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
अब सेमिफाइनलमा नेपाल पुलिस क्लवले वैशाख ३० गते ट्रिनिटी क्लव वालिङ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij