Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

नेपाल सम्वत् ११४६, बछलागाः ८ अष्ठमी (२७ बैशाख, २०८३, १० मे, २०२६) आईतबार, बाँपिझ्याला । बाँकेको कोहलपुरस्थित शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ। शिखा एकेडेमी र नेपालगञ्ज स्विमिङ क्लबले आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंकसहित शिखा एकेडेमी प्रथम बनेको हो।

प्रतियोगितामा लिटिल एन्जल्स स्कुल दोस्रो तथा बागेश्वरी एकेडेमी तेस्रो भएका छन्। देशभरका २४ विद्यालयका १०२ विद्यार्थी सहभागी भएको प्रतियोगितामा लिटिल एन्जल्सका विभूषण शाक्य र लुनिरा शाक्य उत्कृष्ट खेलाडी घोषित भए। आयोजकले आगामी वर्ष अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार