Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

हामी इतिहास लेख्ने यात्रामा छौँ : रवि लामिछाने

हामी इतिहास लेख्ने यात्रामा छौँ : रवि लामिछाने

नेपाल सम्वत् ११४६, बछलागाः ८ अष्ठमी (२७ बैशाख, २०८३, १० मे, २०२६) आईतबार, बाँपिझ्याला । रवि लामिछानेले आफ्नो पार्टी जीवनकथा लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा रहेको बताएका छन्। पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उनले राजनीतिलाई व्यक्तिगत पद वा पदवीसँग नभई देशको भविष्यसँग जोडेर हेर्नुपर्ने धारणा राखे।

उनका अनुसार मन्त्री, प्रधानमन्त्री वा अन्य उच्च पदमा पुग्नु मात्र ठूलो कुरा होइन, तर त्यस पदबाट देशलाई कस्तो नेतृत्व दिइन्छ भन्ने नै वास्तविक अर्थमा महत्वपूर्ण विषय हो। उनले आफू वा आफ्नो दलको उद्देश्य व्यक्तिगत राजनीतिक उपलब्धि नभई दीर्घकालीन परिवर्तन भएको स्पष्ट पारे।

सभापति लामिछानेले पार्टी सभापति वा सरकार प्रमुख बन्ने लक्ष्य लिएर हिँडिएको भन्ने बुझाइ गलत भएको भन्दै त्यसलाई भ्रमको रूपमा टिप्पणी गरे। उनले आफूहरूको प्राथमिकता सत्ता मात्र नभई राजनीतिक अभ्यासलाई मर्यादित र जनमुखी बनाउनु रहेको बताए।

उनले पार्टीका सांसदहरू नयाँ भए पनि निरन्तर सिक्ने र सिकाउने प्रक्रिया नै राजनीतिमा आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार राजनीतिक यात्रामा अनुभव, अध्ययन र निरन्तर सुधार महत्वपूर्ण हुन्छ, जसले नेतृत्वलाई जिम्मेवार बनाउँछ।

विश्व राजनीतिमा नयाँ परिवर्तनहरू आइरहेको सन्दर्भ उल्लेख गर्दै लामिछानेले आफ्नो पार्टीको उदय पनि त्यही परिवर्तनको परिणाम भएको बताए। उनले समाजमा विद्रोह भनेको निरन्तर चलिरहने प्रक्रिया भएको भन्दै आफूहरूले पनि त्यसैको एउटा रूप अभ्यास गरिरहेको धारणा राखे।

उनका अनुसार उद्देश्य प्रणाली सुधार गर्दै संसदीय अभ्यासलाई मर्यादित बनाउनु हो र त्यसका लागि सबै राजनीतिक शक्तिहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार