Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

डा. बाबुराम भट्टराई प्रलोपाबाट बाहिरिए

डा. बाबुराम भट्टराई प्रलोपाबाट बाहिरिए

नेपाल सम्वत् ११४६, बछलागाः ६ षष्ठी (२५ बैशाख, २०८३, ८ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बाहिरिएका छन्। बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले डा. भट्टराईले स्वतन्त्र रहेर समग्र वैकल्पिक तथा रूपान्तरणकारी राजनीतिलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको जानकारी दिँदै उनको निर्णयलाई सम्मानसहित स्वीकार गरेको छ।

बैठकको निर्णयमा भनिएको छ कि यसअघि पार्टीका संरक्षक रहेका डा. भट्टराई अब कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र राजनीतिक भूमिकामा रहनेछन्। पार्टीले उनको आगामी राजनीतिक यात्राको शुभकामना समेत दिएको छ।

त्यस्तै, अध्यक्ष परिषद्का सदस्य Sudan Kirati ले पनि पार्टी सदस्य नरहने गरी सार्वजनिक वक्तव्य दिएको भन्दै उनलाई व्यक्तिगत तथा राजनीतिक जीवनको सफलताको शुभकामना दिने निर्णय गरिएको छ।

बैठकले समसामयिक राजनीतिक अवस्था तथा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै वर्तमान राजनीति र राज्यसत्ता मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायको पक्षमा प्रभावकारी रूपमा काम गर्न नसकेको निष्कर्ष समेत निकालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार