Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विकल्पबिना बस्ती खाली गराउन खोजिएको भन्दै बुटवलमा सुकुम्वासीको प्रदर्शन

विकल्पबिना बस्ती खाली गराउन खोजिएको भन्दै बुटवलमा सुकुम्वासीको प्रदर्शन

नेपाल सम्वत् ११४६, बछलागाः ६ पञ्चमी (२४ बैशाख, २०८३, ७ मे, २०२६) बिहीबार, बाँपिझ्याला । बिनाविकल्प बस्ती खाली गराउने प्रयास भएको आरोप लगाउँदै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको प्रदर्शनमा जिल्लाभरका विभिन्न बस्तीका प्रतिनिधिहरू सहभागी भएका थिए।

प्रदर्शनकारीहरूले सरकारले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरी विगतमा भूमि आयोगमार्फत गरिएको व्यवस्थाअनुसार लालपुर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। उचित व्यवस्थापन नगरी बस्ती हटाउने कार्य तत्काल रोक्न पनि उनीहरूले आग्रह गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्री तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग्दै नाराबाजी गरेका थिए। उनीहरूले “डोजर आतंक बन्द गर”, “नागरिकलाई विस्थापित होइन स्थापित गर”, “हाम्रो कर र मत वैध, हामी बसेको जमिन कसरी अवैध ?”, “मानव अधिकारको सम्मान गर” र “बस्ती उजाड होइन व्यवस्थापन गर” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको जुलुस अस्पताल लाइन हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो।

रूपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी गरी ८० हजारभन्दा बढी व्यक्तिले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार