नेपाल सम्वत् ११४६, बछलागाः ६ पञ्चमी (२४ बैशाख, २०८३, ७ मे, २०२६) बिहीबार, बाँपिझ्याला । संघीय संसदको वर्षे अर्थात् बजेट अधिवेशन आगामी वैशाख २८ गतेका लागि आह्वान गरिएको छ। संसद सचिवालयले अधिवेशनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यसपटक बजेट भाषण नयाँ संसद भवनबाट सञ्चालन गर्ने तयारी भइरहेको छ। निर्माण कार्य पूर्ण रूपमा नसकिए पनि जेठ १५ भित्र प्रतिनिधि सभाको सभा कक्ष प्रयोग गर्न सकिने गरी काम तीव्र बनाइएको जानकारी दिइएको छ।
सचिवालयले सिट व्यवस्थापन ठूलो चुनौती नरहेको उल्लेख गर्दै फ्लोरिङ सम्पन्न भएपछि आन्तरिक तयारी मिलाइने जनाएको छ। बाहिरी संरचनाको काम सकिएको र अहिले आन्तरिक सजावट तथा प्राविधिक व्यवस्थापन जारी रहेको बताइएको छ।
यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक, आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक मुख्य प्राथमिकतामा रहनेछन्। साथै प्रि–बजेट छलफल पनि हुने छ भने राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने संवैधानिक व्यवस्था रहेको छ।
अधिवेशनमा विभिन्न विधेयक र अध्यादेशहरू पनि अघि बढाइनेछन्। पहिलो बैठकमा पेश हुने अध्यादेशहरूलाई ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत कानूनी रूप दिनुपर्ने संवैधानिक व्यवस्था रहेको सचिवालयले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij