नेपाल सम्वत् ११४६, बछलागाः ४ चौठी (२२ बैशाख, २०८३, ५ मे, २०२६) मंगलबार बाँपिझ्याला । यूएईमा सम्पन्न आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका खेलाडी चन्द्रबहादुर थापाले पुरस्कारस्वरूप ३७ हजार ५०० अमेरिकी डलर (करिब ५७ लाख ९ हजार रुपैयाँ) प्राप्त गरेका छन्। गत मंसिरमा भएको प्रतियोगितामा कांस्य पदक जितेसँगै उनलाई एक लाख ५० हजार अमेरिकी डलरको कुल पुरस्कार घोषित गरिएको थियो।
नियमअनुसार उक्त रकमको ५० प्रतिशत खेलाडीलाई तथा बाँकी २५/२५ प्रतिशत संघ र प्रशिक्षकलाई वितरण हुने व्यवस्था छ। सोही अनुसार चन्द्रबहादुरको भागको रकम मंगलबार विश्व बक्सिङ महासंघले उनको खातामा पठाएको हो। बाँकी रकम संघ र प्रशिक्षकहरूलाई भने अझै प्राप्त हुन बाँकी रहेको नेपाल बक्सिङ संघले जनाएको छ।
उक्त प्रतियोगितामा प्रशिक्षकका रूपमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनमगर सहभागी भएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij