नेपाल सम्वत् ११४६, बछलागाः ४ चौठी (२२ बैशाख, २०८३, ५ मे, २०२६) मंगलबार बाँपिझ्याला । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ बल बाँकी छँदै सबै विकेट गुमाएर २५६ रन बनायो।
नेपालका लागि आशिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९४ रन बनाए पनि शतक पूरा गर्न सकेनन्। उनी छक्का हान्ने प्रयासमा क्याच आउट भए। आरिफ शेखले ४३ रनको आक्रामक इनिङ खेले भने अर्जुन कुमालले ४८ रन जोडे। दीपेन्द्र सिंह ऐरीले ३३ रनको योगदान दिए। तर कप्तान रोहित पौडेलले ९ रन मात्र बनाउँदा फेरि कमजोर प्रदर्शन दोहोरियो, भने विनोद भण्डारी पहिलो बलमै आउट भए।
यसअघि नेपालले यूएईविरुद्ध दुई जित दर्ता गर्दै राम्रो लय समातेको थियो। दीपेन्द्र सिंह ऐरीको शतक र बलिङको उत्कृष्ट प्रदर्शनले नेपालले रोमाञ्चक जित हासिल गरेको थियो। तर ओमानसँगको अघिल्लो भेटमा नेपाल १०२ रनले पराजित भएको थियो, जसको बदला लिन आजको खेल महत्वपूर्ण मानिएको छ।
लिग तालिकामा नेपाल सातौँ स्थानमा छ र आगामी खेलहरूमा सुधार गर्दै अंक तालिकामा माथि उक्लने लक्ष्यमा छ। अब सबैको नजर ओमानविरुद्धको यो निर्णायक खेलमा नेपालको प्रदर्शनमा रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij