नेपाल सम्वत् ११४६, बछलागाः ३ तृतिया (२१ बैशाख, २०८३, ४ मे, २०२६) सोमबार, बाँपिझ्याला । दोलखा जिल्लाको बजार क्षेत्र तथा आसपासमा सार्वजनिक जग्गा अतिक्रमण भएको आरोप उठ्दै आएको छ।
स्थानीयका अनुसार सार्वजनिक जग्गा मिचेर घरसम्म सडक बनाउने, आँगन विस्तार गर्ने तथा मठ–मन्दिर र गुठीसम्बन्धी जग्गा समेत व्यक्तिगत नाममा दर्ता गरिएको देखिएको छ।
विशेषगरी कालिञ्चोक कुरि क्षेत्र, दोलखाको मत्स्येन्द्रनाथसँग सम्बन्धित जग्गा लगायत अन्य निजी गुठीका जग्गा पनि अतिक्रमण भएको विषयमा गम्भीर प्रश्न उठाइएको छ। यसै गरी दोलखा भीमेश्वरको भेड्पुको गुठीको जग्गा हालसम्म नापी हुन नसकी अन्यौलमा रहेको छ ।
स्थानीयवासीले नयाँ नापीभन्दा पुरानो नापी नक्साका आधारमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, गलत दर्ता र अतिक्रमणका कारण गुठीका जग्गा र सार्वजनिक सम्पत्ति जोखिममा परेको छ।
अब तत्काल सरकारी निकायले अध्ययन समिति गठन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij