Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

आईपीएल २०२६: गुजरातसँग पन्जाब पराजित, लगातार दोस्रो हार

आईपीएल २०२६: गुजरातसँग पन्जाब पराजित, लगातार दोस्रो हार

नेपाल सम्वत् ११४६, बछलागाः ३ तृतिया (२१ बैशाख, २०८३, ४ मे, २०२६) सोमबार, बाँपिझ्याला । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत भएको खेलमा पन्जाब किङ्सले गुजरात टाइटन्ससँग ४ विकेटको हार बेहोरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पन्जाबले दिएको १६४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा पूरा गर्‍यो।

गुजरातको जितमा साई  सुदर्शनले  ५७ रनको उत्कृष्ट योगदान दिए भने वासिङ्टन सुन्दरले ४० रन बनाए। जोश बटलरले २६ रन थपे। बलिङतर्फ अर्शदीप सिंह र विजयकुमार वैशाकले पन्जाबका लागि २–२ विकेट लिए।

यसअघि ब्याटिङ गरेको पन्जाबका लागि सूर्यान्स सेडगेले सर्वाधिक ५७ रन बनाए भने मार्कस स्टोइनिसले ४० रन जोडे। गुजरातका बलर जेसन होल्डरले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।

हारका बाबजुद पन्जाब ९ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ भने गुजरात १२ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार