नेपाल सम्वत् ११४६, बछलाथ्वः १४ पूर्णीमा (१८ बैशाख, २०८३, १ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूले गत फागुन २१ गतेको आम निर्वाचनमा नेवार समुदायको तर्फबाट विजयी भएका प्रतिनिधि सभा सदस्यहरूलाई बधाई तथा शुभकामनासहित सम्मान गरेको छ।
काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्यूमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका १८ जना सांसदहरू उपस्थित थिए। कार्यक्रममा उपस्थित सांसदहरूलाई देशमा जारी प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै देश र जनताको आवश्यकता अनुसार काम गर्न सफल होउन् भन्ने शुभकामना दिइएको थियो।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेवाः देय् दबूका संर
क्षक मल्ल के सुन्दरले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। यसका अतिरिक्त संरक्षकहरू नरेशकुमार ताम्राकार, निवर्तमान अध्यक्ष पवित्र वज्रचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा वर्तमान सल्लाहकार चन्द्रलाल राजभण्डारी विशेष अतिथिका रूपमा उपस्थित थिए।
नवनिर्वाचित अध्यक्ष रश्मिला प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा रास्वपा, नेकपा एमाले र नेपाली काँग्रेसका प्रत्यक्ष तथा समानुपातिक निर्वाचित सांसदहरूले सहभागिता जनाएका थिए। विशेष गरी उभयलिङ्गी सांसद भूमिका श्रेष्ठको उपस्थिति कार्यक्रमको आकर्षक पक्ष बनेको थियो। सभापति प्रजापतिले आफूलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गराउने सबैको सहयोगप्रति आभार व्यक्त गर्दै उपस्थितजनलाई स्वागत भाव व्यक्त गरिन्।
कार्यक्रममा सांसदहरूले नेवार समुदायको भाषा, संस्कृति, कला र परम्परालाई निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यस क्रममा प्रमुख अतिथि मल्ल के सुन्दरले सांसदहरूलाई संसद कक्षमा प्रवेश गर्दा आफूलाई मात्र सांसद नभएर नेवार समुदायका सन्तान भएको महसुस गरी, समुदायका आवश्यकतालाई गहन चिन्तनका साथ अघि बढ्न आग्रह गरे।
महासचिव श्रीकृष्ण महर्जनले कार्यक्रम सञ्चालन गरे भने वरिष्ठ उपाध्यक्ष सत्यनारायण डंगोलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरे। कार्यक्रममा केन्द्रीय समितिको पहिलो बैठकको मस्यौदा विषयमा पनि छलफल भएको जानकारी महासचिव महर्जनले दिएका छन्। बैठक भोलि, १९ गतेसम्म जारी रहनेछ।
कार्यक्रमले नेवार समुदायका निर्वाचित सांसदहरूलाई सम्मान गर्ने मात्र नभई भाषा, संस्कृति र परम्पराको संरक्षणमा समुदायको एकताबद्ध प्रतिबद्धता देखाएको महत्त्वपूर्ण अवसरको रूपमा रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij