Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपालको २८९ रनपछि वर्षाले रोकियो युएईसँगको खेल

नेपालको २८९ रनपछि वर्षाले रोकियो युएईसँगको खेल

नेपाल सम्वत् ११४६, बछलाथ्वः १४ पूर्णीमा (१८ बैशाख, २०८३, १ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । आइसिसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित नेपाल राष्ट्रिय क्रिकेट टोलीसंयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली बीचको खेल वर्षाका कारण रोकिएको छ। नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २८९ रन बनाउँदै युएईलाई २९० रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउँदै युएईले ४.१ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाइरहेको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको हो। नियमअनुसार नतिजा आउन कम्तीमा २० ओभरको खेल पूरा हुनुपर्ने भएकाले बाँकी खेलको अवस्थालाई वर्षा रोकिएपछि मात्र टुंगो लाग्नेछ।

नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे। उनले ९४ बलमा १३ चौका र १ छक्कासहित १०० रन बनाए र अन्तिम बलमा रनआउट भए। उनी र गुल्सन झाबीच छैटौं विकेटका लागि १०२ रनको महत्वपूर्ण साझेदारी भएको थियो। गुल्सन झा ३८ बलमा ४ चौका र २ छक्कासहित ४४ रनमा अविजित रहे।

ओपनिङमा आएका विनोद भण्डारीले ७९ बलमा ५६ रन बनाए भने डेब्यू खेलाडी अर्जुन कुमालले ११ रन जोडे। भीम सार्की खाता नखोली आउट भए। कप्तान रोहित कुमार पौडेलले ३९ रन र आरिफ शेखले ११ रन योगदान दिए।

युएईका बलर जुनैद सिद्दिकी र अजय कुमारले समान २–२ विकेट लिए।

नेपालले यस खेलका लागि चार परिवर्तन गरेको थियो। करण केसी, कुशल भुर्तेल, आसिफ शेख र बसिर अहमद बाहिर रहँदा नन्दन यादव र ललित राजवंशी टोलीमा समावेश भएका थिए।

सिरिजमा यसअघि नेपालले युएईलाई हराएको थियो भने ओमानसँगको खेल गुमाएको थियो। समग्र लिग–२ अंक तालिकामा नेपालको प्रदर्शन कमजोर रहँदै आएको छ र टोली हाल तल्लो स्थानतर्फ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार