Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेपालको जितको लक्ष्यमा ओमानविरुद्ध प्रतिस्पर्धात्मक खेल

नेपालको जितको लक्ष्यमा ओमानविरुद्ध प्रतिस्पर्धात्मक खेल

नेपाल सम्वत् ११४६, बछलाथ्वः १२ त्रयोदशी (१६ बैशाख, २०८३, २९ अप्रिल, २०२६) बुधबार, बाँपिझ्याला । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको दोस्रो खेलमा नेपालले ओमानसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा मा प्रतिस्पर्धा गरिरहेको छ। टस हारेर पहिले बलिङ गरेको नेपालले सुरुआती ओभरमा केही फितलो प्रदर्शन गरे पनि घरेलु मैदान र समर्थकको साथले खेलमा फर्कने अपेक्षा गरिएको छ।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्दै सुखद शुरुआत गरेको थियो र आजको खेल जित्दै लगातार दोस्रो सफलता हात पार्ने लक्ष्यमा छ। हाल नेपाल २१ खेलबाट १४ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ, त्यसैले शीर्ष ६ मा उक्लिन प्रत्येक जित महत्वपूर्ण बनेको छ।

यता ओमान भने आफ्नो पहिलो खेलमा यूएईसँग पराजित भएपछि पुनरागमनको खोजीमा छ। २५ खेलबाट २९ अंकसहित तेस्रो स्थानमा रहेको ओमानका लागि पनि शीर्ष टोलीको दौडमा टिकिरहन यो खेल निर्णायक मानिएको छ।

दुवै टोलीको अवस्था र दबाबलाई हेर्दा आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ, जहाँ नेपालको बलिङ सुधार र ओमानको ब्याटिङ प्रदर्शनले नतिजा निर्धारण गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार