नेपाल सम्वत् ११४६, बछलाथ्वः १२ त्रयोदशी (१६ बैशाख, २०८३, २९ अप्रिल, २०२६) बुधबार, बाँपिझ्याला । परम्परागत लोकभजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तम्घासका युवाहरू सक्रिय बनेका छन्। स्थानीय १८ जना युवाले स्वःस्फूर्त रूपमा ‘रेसुङ्गा भजन साँझ’ सञ्चालन गर्दै आएका छन्। पहिलो चरणमा नगरभित्रका धार्मिक स्थलहरूमा पुगेर भजन गाउने र क्रमशः जिल्लाभर विस्तार गर्ने योजना रहेको अभियन्ता निशेष श्रेष्ठले जानकारी दिनुभयो।
स्थानीय समुदायसँग मिलेर भजन गाउने र सामूहिक रूपमा रमाउने अभ्यासले सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा थपिएको श्रेष्ठको भनाइ छ। उनीहरू आफैं सिक्ने क्रममा रहेकाले पुराना पुस्ता र व्यावसायिक कलाकारसँग सहकार्य गर्दै भजन प्रस्तुत गरिरहेका छन्। साथै, युवाहरूले आफ्नै खर्चमा कार्यक्रम सञ्चालन गर्ने र स्वःस्फूर्त सहयोगबाट वाद्यवादन सामग्री खरिद गर्ने गरेका छन्। समय व्यवस्थापन भने उनीहरूको मुख्य चुनौती बनेको छ, किनकि सहभागी सबैजना विभिन्न पेशा र व्यवसायमा आबद्ध छन्।
यस अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्दै गएका लोकभजनलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। भजनले धार्मिक आस्थासँगै मनोरञ्जन, सामाजिक एकता र मानसिक शान्ति प्रदान गर्ने माध्यमको रूपमा काम गरिरहेको छ। कार्यक्रममा स्थानीय बासिन्दाको पनि उत्साहजनक सहभागिता देखिन्छ।
भजन कार्यक्रम साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने गरेको छ। संस्कृति पुस्तान्तरणका लागि यस्ता युवाहरूको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij