Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

खराब मौसमका कारण गायिका रचना रिमालको यात्रा प्रभावित

खराब मौसमका कारण गायिका रचना रिमालको यात्रा प्रभावित

नेपाल सम्वत् ११४६, बछलाथ्वः ९ नवमी (१३ बैशाख, २०८३, २६ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । गायिका रचना रिमाल खराब मौसमका कारण लगातार यात्रा अवरोधमा परेकी छन्। उनी शनिबार झापा जान लागेकी थिइन्, तर उडान सुरु भएको केही समयमै मौसम बिग्रिएपछि विमान पुनः काठमाडौं फर्किनुपरेको थियो।

आज बिहान पुनः झापा जान प्रयास गरे पनि मौसमले साथ दिएन। यसपटक उनको विमान जनकपुर मा अवतरण गर्न बाध्य भयो। त्यहाँ अहिले भारी वर्षा र कालो बादलका कारण उडान प्रभावित भइरहेको देखिन्छ।

रचनाले सामाजिक सञ्जालमा जनकपुर विमानस्थलको टर्मिनलमा पर्खिरहेको भिडियो साझा गर्दै अब सडकमार्गबाट गन्तव्यतर्फ जान लागेको जानकारी दिएकी छिन्।

खराब मौसमका कारण उडानहरू प्रभावित हुँदा यात्रुहरूले यस्तो असहज अवस्था बारम्बार भोग्नुपरेको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार