नेपाल सम्वत् ११४६, बछलाथ्वः ९ नवमी (१३ बैशाख, २०८३, २६ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। विगतमा परीक्षा सकिएको करिब तीन महिनापछि नतिजा आउने गरेकोमा यसपटक भने एक महिनाभित्रै नतिजा ल्याउने लक्ष्य राखिएको छ।
बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण सकिइसकेको छ र अहिले प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। प्रविष्टि सकिएपछि एक चरण रुजु गरिनेछ र त्यसमा कुनै प्राविधिक समस्या नआए नतिजा प्रकाशन प्रक्रियामा लगिनेछ। कामको हालको गति हेर्दा वैशाख तेस्रो साताको अन्त्यतिरै नतिजा आउने सम्भावना पनि रहेको बताइएको छ।
यस वर्ष नतिजा छिटो ल्याउन परीक्षा केन्द्रमै कापी जाँच गरिएको थियो र पर्याप्त जनशक्ति परिचालन गरिएको थियो। चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij