Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लिग–२ त्रिकोणात्मक शृङ्खला: नेपालको लागि निर्णायक चुनौती

लिग–२ त्रिकोणात्मक शृङ्खला: नेपालको लागि निर्णायक चुनौती

नेपाल सम्वत् ११४६, बछलाथ्वः ६ षष्ठी ९१० बैशाख, २०८३, २३ अप्रिल, २०२६० बिहीबार, बाँपिझ्याला । आईसीसी विश्वकप लिग–२ अन्तर्गत  नेपाल, यूएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खला शनिबारदेखि सुरु हुँदैछ। एकदिवसीय विश्वकप छनोटका हिसाबले अत्यन्तै महत्वपूर्ण मानिएको यो शृङ्खलामा नेपालले घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

खेलहरू त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। वैशाख १२ गते बिहान ९:३० बजे हुने पहिलो खेलमा नेपाल र यूएई आमनेसामने हुनेछन्। त्यसपछि वैशाख १४ मा यूएई र ओमान तथा वैशाख १६ मा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ। टिकट Khalti मार्फत उपलब्ध हुने क्यानले जनाएको छ।

हालको अंक तालिका हेर्दा नेपाल ले २० खेलबाट १२ अंक मात्र जोड्दै पुछारबाट दोस्रो स्थानमा छ, जबकि यूएई १० अंकसहित अन्तिम स्थानमा छ। ओमान भने २४ खेलबाट २९ अंकसहित बलियो स्थितिमा रहेको छ।

नेपाल क्रिकेट सङ्घ नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी सहित कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, Sandeep Lamichhane, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।

यसपटक टोलीमा अनुभवी खेलाडीलाई प्राथमिकता दिइएको छ। सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने जस्ता बलरले बलियो आक्रमण बनाउँदा विनोद भण्डारीको पुनरागमनले टोलीलाई थप सन्तुलन दिएको छ। साथै युवा ब्याटर अर्जुन कुमालको समावेशीकरणले भविष्यको सम्भावना पनि झल्काएको छ।

यो शृङ्खला नेपालका लागि केवल प्रतिस्पर्धा मात्र नभई विश्वकप छनोट यात्रालाई जिवित राख्ने महत्वपूर्ण अवसर पनि हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार