नेपाल सम्वत् ११४६, बछलाथ्वः ६ षष्ठी (१० बैशाख, २०८३, २३ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । रौतहट, बर्दिया र पाल्पा लगायतका जिल्लामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले किसानहरू गम्भीर समस्यामा परेका छन्। पश्चिम एसियामा बढेको तनावका कारण इन्धन महँगिएपछि कृषिमा प्रयोग हुने आधुनिक उपकरण चलाउन लागत निकै बढेको छ।
सुक्खा बढिरहेको अवस्थामा किसानहरूलाई पम्पसेटमार्फत जमिनमुनिको पानी तानेर सिँचाइ गर्नुपर्ने बाध्यता छ। तर डिजेलको मूल्य अत्यधिक बढेकाले पम्पसेट चलाउन कठिन भएको उनीहरूको गुनासो छ। सिँचाइका लागि नहर र विद्युत् सुविधा नपुगेका ठाउँमा यसले झन् समस्या थपेको छ।
हाल गहुँ भित्र्याउने समय भए पनि थ्रेसर चलाउनसमेत किसानलाई समस्या भएको छ। वैशाखको पहिलो सातामै डिजेलको मूल्य बढ्दा विशेषगरी बर्दियाका किसान बढी प्रभावित भएका छन्। अहिले डिजेलको मूल्य प्रतिलिटर २ सय ३४ रुपैयाँ ५० पैसा पुगेको छ।
मकै र तरकारी खेती गर्ने किसानको लागत खर्च पनि बढेको छ। गुलरिया नगरपालिका–४ का किसान मेघनाथ गोडियाका अनुसार गहुँ काट्न प्रतिविघा ८ हजार रुपैयाँ मेसिनधनीलाई तिर्नुपरेको छ। अब नयाँ खेती लगाउने सिजन नजिकिँदै गर्दा डिजेलको मूल्य नघटे किसानलाई थप आर्थिक भार पर्ने देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij