नेपाल सम्वत् ११४६, बछलाथ्वः ६ षष्ठी (१० बैशाख, २०८३, २३ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । प्रतिनिधिसभाको प्रस्तावित नियमावलीमा समावेश गरिएको ‘विशेष कानुनसरह लागू हुने’ प्रावधानप्रति कानुनविद् तथा अघिल्ला मस्यौदाकारहरूले आलोचना गरेका छन्। उनीहरूले संघीय कानुनभन्दा माथि हुने गरी नियमावली बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
गणेश पराजुली को नेतृत्वमा गठित समितिले सभामुख डोलप्रसाद अर्याल लाई मंगलबार बुझाएको मस्यौदाको नियम २५९(१) मा प्रचलित कानुनभन्दा माथि रहेर यो नियमावली विशेष कानुनसरह लागू हुने उल्लेख गरिएको छ। साथै, उपनियम (२) मा यसलाई प्रतिनिधिसभा सदस्यको विशेषाधिकारका रूपमा राख्ने प्रस्ताव गरिएको छ, जुन व्यवस्था यसअघि थिएन।
कानुनविद्हरूका अनुसार यस्तो प्रावधानले संघीय कानुनसँग टकराव सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। विशेषगरी रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलिरहेका सन्दर्भमा सांसद पद निलम्बन नगर्न सजिलो बनाउन यस्तो व्यवस्था ल्याइएको हुन सक्ने आशंका गरिएको छ।
यसअघि संगठित ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलेपछि लामिछानेको सांसद पद निलम्बन गरिएको थियो। तत्कालीन सभामुख देवराज घिमिरे ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार ८ पुस २०८१ मा निलम्बनको सूचना जारी गरेका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij