Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

नेपालभाषा दर्शनाचार्य (एमफिल/पीएचडी) भर्ना खुला, आवेदन मिति सार्वजनिक

नेपालभाषा दर्शनाचार्य (एमफिल/पीएचडी) भर्ना खुला, आवेदन मिति सार्वजनिक

नेपाल सम्वत् ११४६, बछलाथ्वः ५ पञ्चमी (९ बैशाख, २०८३, २२ अप्रिल, २०२६) बुधबार बाँपिझ्याला । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी संकाय डीन कार्यालयको मातहत रहेको नेपालभाषा केन्द्रीय विभाग मा शैक्षिक सत्र २०८२/०८३ का लागि नेपालभाषा दर्शनाचार्य (एमफिल/पीएचडी) तहमा नयाँ भर्ना खुला गरिएको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार कुनै पनि विषयमा स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा न्यूनतम ३.० जीपीए वा वार्षिक प्रणालीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेका इच्छुक विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।

भर्ना प्रक्रियाअनुसार आवेदन फाराम बुझाउने अन्तिम मिति २०८३ वैशाख १९ गते तोकिएको छ भने प्रवेश परीक्षा २०८३ वैशाख २६ गते बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुनेछ।

विभागले पाटनढोका, ललितपुरस्थित कार्यालयमार्फत अध्ययन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। थप जानकारीका लागि विभागका सम्पर्क नम्बरहरू उपलब्ध गराइएको छ, जसमा डा. राजनलाल जोशी, जीवनकुमार महर्जन र दीपक संजेलसँग सम्पर्क गर्न सकिनेछ।

नेपालभाषा अध्ययन, अनुसन्धान र उच्च शिक्षा विकासलाई लक्षित यो कार्यक्रमले भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार