Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नवलपुर जनजाति महोत्सवमा संस्कृति र मौलिकताको उल्लास

नवलपुर जनजाति महोत्सवमा संस्कृति र मौलिकताको उल्लास

नेपाल सम्वत् ११४६, बछलाथ्वः ५ पञ्चमी (९ बैशाख, २०८३, २२ अप्रिल, २०२६) बुधबार बाँपिझ्याला । पूर्वी नवलपरासीमा आयोजित तेस्रो नवलपुर जनजाति महोत्सवले आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परालाई जीवन्त बनाएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा सम्पन्न महोत्सवमा विभिन्न जातजातिका वेशभूषा, कला र सांस्कृतिक गतिविधिहरूले विशेष आकर्षण थपेका छन्।

महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको लाखेनाच प्रतियोगितामा शिका नेवा गुठी प्रथम, देवचुली नेवा गुठी द्वितीय र भीमदेवचुली नेवा गुठी तृतीय भएका छन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो।

कार्यक्रममा गायक बद्री पङ्गेनीको प्रस्तुति पनि दर्शकका लागि आकर्षण बनेको थियो। कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भमिलाल अधिकारीले महोत्सवले जनजातिका भाषा, कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विविधता उजागर गर्न सहयोग गर्ने धारणा राख्नुभयो।

महोत्सवमा परम्परागत सांस्कृतिक घर, स्थानीय खानाका स्टल, व्यापारिक प्रदर्शनी, साथै लन्डन ब्रिज, आइफल टावर र सेल्फी जोनजस्ता आकर्षणले दर्शकको उत्साह अझ बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार